जनकपुरमा क्यान्सर पहिचान अभियानमा विनयतारा र पूर्व राजदूत डेलिसी नेतृत्वको इन्गेज नेपाल


जनकपुरधाम। 

  जनकपुरमा क्यान्सर उपचार केन्द्र निर्माण गरिरहेको विनयतारा र विनयताराको नेपालका लागि अमेरिकी पूर्वराजदूत स्कट डेलिसीको नेतृत्वमा रहेको गैरनाफामूलक संस्था इन्गेज नेपालले संयुक्त रुपमा क्यान्सर पहिचान अभियान चलाएका छन्। प्रारम्भिक चरणमा जनकपुरका विभिन्न ठाउँमा शिविर तथा जनचेतनामूलक तालिम गरिरहेको विनयताराका अध्यक्ष डा विनय शाहले बताएका छन्। 

उक्त अभियान अन्तर्गतको दोस्रो कार्यक्रम जनकपुर उपमहानरस्थित बशैया स्वास्थ्य चौकीमा गरिएको छ। हालै उक्त स्थानमा निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य जनचेतनामूलक तालिम सम्पन्न गरिएको हो। स्थानीय बासिन्दाको स्वास्थ्य अवस्था पहिचान तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीयहरु सहभागी थिए।

शिविरमा जम्मा १२१ जनाले स्वास्थ्य सेवा लिएका थिए, जसमा २४ जना पुरुष र ९७ जना महिला थिए। सहभागीहरूमाथि गर्भाशय मुख क्यान्सर स्क्रिनिङ, स्त्री रोग परीक्षण, सामान्य स्वास्थ्य परीक्षण, उच्च रक्तचाप तथा मधुमेह परीक्षण, साथै विशेषज्ञ डाक्टरहरूसँग परामर्श सेवा प्रदान गरिएको थियो। शिविरले गम्भीर रोगहरूको प्रारम्भिक पहिचानमा सहयोग पुर्‍याएको छ, जसमा केही सम्भावित क्यान्सर तथा गर्भाशयको समस्या पनि पत्ता लागेको विनयताराका वरिष्ठ मार्केटिङ तथा कम्युनिकेसन म्यानेजर म्याट लाम्बर्टले जानकारी दिएका छन्। 

शिविरकै अवसरमा तीनवटा तालिम कार्यक्रम पनि सञ्चालन गरिएको थियो। उच्च रक्तचाप स् रोकथाम र परीक्षण,  अष्टोमी हेरचाहसम्बन्धी जनचेतना र स्तन क्यान्सरस् प्रारम्भिक पहिचान र आत्म परीक्षण तालिममा १२ जना महिलाको सहभागिता थियो, जसमा ९ जना महिला स्वास्थ्य स्वयंसेविका तथा बशैया स्वास्थ्य चौकीका २ जना महिला कर्मचारी रहेका थिए।

कार्यक्रमले समुदायमा स्वास्थ्य परीक्षण र चेतनामूलक अभ्यासको आवश्यकता र प्रभावकारिता पुष्टि गरेको छ। 

इन्गेज नेपालका कार्यकारी निर्देशक स्कट डेलिसी यस्ता स्वास्थ्य शिविरहरूले दीर्घकालीन प्रभाव पार्ने बताएका छन्। यसले क्यान्सरलाई प्रारम्भिक चरणमै पहिचान गर्न मद्दत गर्छ, जुन चरणमा उपचार सम्भव हुन्छ। साथै, हामी समुदायहरूलाई रोकथामका उपायहरू र प्रारम्भिक परीक्षण विकल्पहरूबारे जानकारी दिँदै उनीहरू र उनीहरूका परिवारजनलाई सुरक्षित राख्न प्रेरित गर्न सक्छौं, डेलीशीले भने।

यसअघि जनकपुरधामको वडा नम्बर २५ मा अवस्थित लोहना हेल्थ पोस्टमा स्वास्थ्य शिविर सम्पन्न भइसकेको छ। १२ जनामा क्यान्सर वा प्रिक्यान्सर अवस्थासँग सम्बन्धित लक्षणहरू पहिचान गरिएको थियो। उक्त शिविरमा २४४ जनाको जाँच गरिएको थियो।