काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय प्रहरी ऐनसम्बन्धी विधेयकमाथि सरोकारवालाको राय लिएर गहिरो दफावार छलफल आवश्यक रहेको बताएका छन्।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरीसम्बन्धी कानुन लामो समयदेखि चर्चामा रहेको र ढिलै भए पनि सरकारले विधेयक प्रस्तुत गरेकोमा धन्यवाद व्यक्त गरे। उनले आफू प्रधानमन्त्री हुँदा पनि यसबारे छलफल भएको उल्लेख गर्दै विधेयकलाई अधिकतम परिमार्जनसहित पारित गर्नुपर्नेमा जोड दिए।











प्रतिक्रिया