एमाले सचिवालय बैठक सारियो


काठमाडौँ ।

नेकपा एमालेको आज दिउँसो १ बजेका लागि तय गरिएको सचिवालय बैठक तयारी नपुगेका कारण दुई घण्टा पछाडि सरेको छ।

अब बैठक आजै दिउँसो ३ बजे बस्ने भएको एमाले केन्द्रीय कार्यालयका सचिव डां भीष्म अधिकारीले जानकारी दिएका छन्।

बैठकमा आगामी विधान महाधिवेशनको तयारीबारे छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।