बागमती नदी किनारमा एक पुरुषको शव फेला


काठमाडौं ।

दक्षिणकाली नगरपालिका–१ स्थित भैंसीबजार नजिकैको बागमती नदी किनारमा एक पुरुषको शव फेला परेको छ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मृतक ललितपुर महानगरपालिका–१४ थसिखेलका ३४ वर्षीय निरोज ढुंगाना हुन्।

शव फेला परेपछि घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। घटनाको कारण र अन्य विवरणहरू सार्वजनिक भइनसकेको जनाइएको छ।