सुदूरपश्चिम युवा परिषदको कार्यकारी उपाध्यक्षमा साउँद नियुक्त


कैेलाली ।

सुदूरपश्चिम प्रदेश युवा परिषदको कार्यकारी उपाध्यक्षमा गजेन्द्र साउँद नियुक्त हुनुभएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको परिषदमा साउँद नियुक्त भएका हुन्।

एक दशकदेखि खेलकुद र युवा गतिविधिमा संलग्न साउँदले नियुक्तिपछि युवाको क्षमता विकास, उद्यमशीलता प्रवर्धन र सामाजिक न्यायका पक्षमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

उहाँले प्रदेशभरका युवालाई एकीकृत गर्दै समावेशी र दीर्घकालीन योजना अघि बढाउने योजना बनाएको बताउनुभएको छ।