धादिङमा महिलाले त्रिशूलीमा हामफालिन्, खोजी जारी


काठमाडौं ।

धादिङको गल्छी गाउँपालिका–१ की ५६ वर्षीया साइली गिरीले त्रिशूली नदीमा हाम फालेकी छन्।

बुधबार बिहान ९ बजे छाङगेश्वर मन्दिर नजिकै नदीमा हाम फालेकी गिरीको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

खोजीका लागि विपद् व्यवस्थापन तालिमप्राप्त फौज नायव निरीक्षक वीरेन्द्रकुमार मण्डलको कमाण्डमा खटिएको छ।