चितवनमा भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते


काठमाडौं ।

चितवनको राप्ती नगरपालिका–४ मा भिरबाट हाम फाल्दा कुमारी प्रजाको मृत्यु भएको छ भने उनका श्रीमान् लीलाबहादुर प्रजा गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार घरायसी विवादपछि कुमारीले भिरबाट खहरे खोलामा हाम फालेकी थिइन्। त्यसपछि लीलाबहादुरले पनि हाम फालेका थिए।

कुमारीको घटनास्थलमै मृत्यु भएको हो भने घाइते लीलाबहादुरको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।