कमल शाहप्रति नैतिक प्रश्न : शक्तिसाली सरकारले किन जनविश्वास जित्न सकेन ?

846
Shares

कमल शाह प्रदेश सरकार चलाएर आर्थिक फाइदा लिनुपर्ने केही छैन उनी सम्पन्न परिवारका ब्यक्ति हुन आर्थिक अनियमितता गरेर कमाउनु पनि केही छैन तर यस प्रदेशले किन आर्थि गतिविधि बढाउन सकेन ,किन आवश्यकता अनुसा बजेट बन्न सकेन ,किन स्वार्थ केन्द्रीत बजेट बन्यो ,किन मापदण्ड अनुसार बजेट बनेन ,किन जनताले बजेटमाथि विश्वास गरेनन् किन बजेटको चर्चा गर्न लायक भएन भन्ने गम्भीर प्रश्नले मुख्यमन्त्री कमल बहादुर शाहलाई घेरामा हालेको छ ।

धनगढी ।

नेकपा एमाले र नेपाली काँग्रेस सम्मिलित शक्तिसाली सरकार गठन भएको करिब एक वर्ष हुँदै छ । २०८१ साउन २१ गते बनेको वर्तमान कमल बहादुर शाह नेतृत्वको सरकारप्रति जनताले ठुलै आशा र भरोसा गरेका थिए । महिना दुई महिनामा सरकार परिवर्तन हुन थालेपछि जनतामा एक प्रकारको निराशा छाएको थियो ।

अस्थिर सरकारका कारण सुदूरपश्चिमको विकास हुन नसकेको भन्दै यस क्षेत्रका बासिन्दाहरुले स्थिर सरकारको अपेक्षा गरेका थिए । सम्भवत जनताको चाहाना अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पहलमा मुलुकमा स्थिर सरकार दिने निर्णयमा पुग्नुभयो । सात प्रदेश भागबण्डा गरेर प्रदेश सरकार समेत गठन हुन पुगे ।

सुदूरपश्चिममा नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गठन भयो । काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाहको नेतृत्वमा नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी सम्मिलित सरकार सञ्चालनमा छ । यसबीचमा उन्मुक्तिका मन्त्री लक्ष्मणकिशोर चौधरीले विवादास्पद अडियो सार्वजनिक भएपछि राजीनामा गरेका थिए ।उनको राजीनामा पछि अहिले उन्मुक्तिका रामेश्वर चौधरी मन्त्री छन् ।

उनी पनि विवादमा तानिएको चर्चा चलेसंगै उनलाई मुख्यमन्त्री शाहले राजीनामा दिन निर्देशन दिएको पनि हप्ता भन्दा बढी भयो तर मन्त्री चौधरीले आफुले गल्ती नगरेकाले राजीनामा नदिने अडानमा रहेपछि मुख्यमन्त्री शाह एक्सनमा जान सकेका छैनन् ।राजीनामाको निर्देशन पछि मन्त्रीले राजीनामा पनि नदिने र मुख्यमन्त्रीले वर्खास्त पनि गर्न नसक्दा मुख्यमन्त्रीको कार्य क्षमतामाथि प्रश्न उठ्न थालेको छ । यति गम्भीर विषयमा हल्का निर्देश दिनुले शाहको कार्य क्षमतामाथि प्रश्न उठ्न थालेको छ ।

यतिमात्र होईन कमल शाह राजनीतिमा अब्ल नै हुन उनले युवा,विद्यार्थी तरुण दलको नेता हुँदै पार्टीको केन्द्रीय सदस्यको भूमिका निर्वाह गरेकाले सुदूरपश्चिमको शासन सक्ता राम्रोसंग चल्छ भन्ने र सुदूरपश्चिमको विकासले गति लिने विश्वास आम जनताको थियो तर अहिले उनीप्रतिको विश्वास घट्दै जानथालेको छ ।

उनले प्रदेश सरकार चलाएर आर्थिक फाइदा लिनुपर्ने केही छैन उनी सम्पन्न परिवारका ब्यक्ति हुन आर्थिक अनियमितता गरेर कमाउनु पनि केही छैन तर यस प्रदेशले किन आर्थि गतिविधि बढाउन सकेन ,किन आवश्यकता अनुसा बजेट बन्न सकेन ,किन स्वार्थ केन्द्रीत बजेट बन्यो ,किन मापदण्ड अनुसार बजेट बनेन ,किन जनताले बजेटमाथि विश्वास गरेनन् किन बजेटको चर्चा गर्न लायक भएन भन्ने गम्भीर प्रश्नले मुख्यमन्त्री कमल बहादुर शाहलाई घेरामा हालेको छ ।

आफैले २५ लाख भन्दा तलका योजना बजेटमा नआउने भन्दै विज्ञप्ती जारी गर्ने अनि बजेट एक हजार रुपैया सम्मको आउने यस्तो हल्का बुझाईले शाहको कद घटाउँदै छ । आवश्यकताका आधारमा बजेट नबनेर किख स्वार्थकेन्द्रित बजेट बन्न पुग्यो । आफ्नो सरकार अर्थात आफ्नो मुख्यमन्त्री पद टिकाउन आफ्नो इथिक्स विर्सेर बजेट किन निर्माण गर्नुभएको हो बुझिएन । आफ्नो भनाई र गराईको तादम्यता किन मिलाउनु छोड्नुभयो मुख्यमन्त्री ज्यू ।

अहिलेको बजेटमा गम्भीर समिक्षा गनुपर्ने बेला भएको देखिन्छ । कुनै साँसदले दिएको कुनै पनि रकम नकाटेर हुबहु हाल्नुपर्ने कुनै जनताले आवश्कताको आधारमा बजेट माग्दा पुरै काट्नुपर्ने अनि तपाई को सरकारलाई असहयोग हुन्छकी भन्ने आशंकामा गैरकानुनी रुपमा काम अघि बढाउने कामले तपाई नैतिक रुपमा कम्जोर बन्दै हुनुहुन्छ । मिडियाको कम्जोर निगरानी ,प्रतिपक्षको भूमिका विहीन र नागरिक समाजको उदारताले तपाईको सरकार सहज जस्तो देखिएको हो ।

अति गरेपछि खती हुन्छ भन्ने नेपाली उखान अव तपाईमा लागु हुँदै छ । तपाईले गरेका कर्मले तपाईको कार्यकालको समीक्षा हुने बेला भएजस्तो छ । राजनीतिक करिअर बनाएर सुन्दर राजनीतिक भविष्य बनाएर सरकारबाट बाहिर निस्कने बेलामा राजनीतिक करिअरमाथि प्रश्नचिन्ह लगाएर किन निस्कदै हुनुहुन्छ । आफ्नो पार्टीका नेताहरुको घेराबन्दीमा परेको बेलामा किन स्वार्थी बजेट बनाउने काममा लाग्नुहुन्छ ।

समानुपाति बजेट अर्थात आवश्यकता अनुसारको बजेट र पहुँच नभएका बासिन्दाहरुको आवश्यकता अनुसारको बजेट बनाउने बाटो किन विराउनुभएको हो ? राजनीतिक रुपम यो अवसर सादय तपाईलाई कमै मिल्ला यस्तो अवसर कमै मिल्ला इतिहास रच्ने बेलामा किन गम्भीर प्रश्न उठ्दै छ ?

तपाईले प्रदेशका लागि गरेका ऐतिहासिक निर्णयहरु के हुन भन्ने सुदूरपश्चिमवासीले जान्ने मौका पनि पाएनन्। सुदूरपश्चिमका ऐतिहासिक गौरबका योजनामा बजेट हाल्नुको साटो गौरबका योजना बन्द गरेर कस्तो विकासको परिकल्पना गर्नुभयएको हो । यस्ता आग्रही निर्णयले सुदूरपश्चिम बन्छ त मुख्यमन्त्री ज्यु ? विकास भन्ने कुरा अविछिन्नरुपले अघि बढ्पर्छ । गौरबका योजनाहरु कुनै ब्यक्तिका त हुँदैनन होला यी त समग्र सुदूपश्चिम बासीको योजना हुनुपर्ने हो तपाईको आग्रही कार्यशैलीले सुदूर पश्चिम विकासको मुलप्रभाहमा होईन अझ पछि धकेलिने देखियो ।

अघि पनि मैले भने तपाईको घर खर्च चलाउन प्रदेशको बजेटको आशा गर्नुपर्दैन तपाई आफै सम्पन्न ब्यक्ति हो तर किन विचौलिया र माफियाका मागका आधारमा बजेट बनाउनुभयो ? यो गम्भीर प्रश्न उठेको छ सायदय यो प्रश्नले तपाईको राजनीतिक करिअरमा समेत केही धक्का लाग्ने देखिन्छ ।

अन्तमा एउटा सुझाव दिन चाहान्छु तपाईले मुख्यमन्त्री पदको आडमा केही गैर राजनीतिक निर्णय र निर्देश गर्नुभएको छ ती काम सच्याउनुस कसैलाई खुशी पार्न गैरकानुनीरुपमा गाडी चढाउने काम बन्द गर्नुस,भिआईपी चढ्ने गाडी पिएलाई नदिलाउनुस यी कुराहरुलाई सुझावका रुपमा लिएर आफ्नो कार्यशीली समीक्षा गर्नुस नकी मेरा विरुद्धमा यस्तो समाचार सार्वजनिक भयो भनेर आग्रही धारणा नबनउनुहोला तपाई राजनीति गर्ने ब्यक्ति भएकाले आत्म समिक्षा गरेर अघि बढ्नुहोला तपाई आफुले गरेको कम्जोरीलाई सुधार गर्दै जानुभयो भने तपाई आफ्नै पार्टीको राजनीतिक घेराबाट पनि बच्नुहुने छ र आम सुदूरपश्मिेली जनताको तपाई प्रतिको जुन प्रकारको निराशा देखिदैछ त्यसबाट मुक्ति पाउनुहुने छ । गम्भीर समिक्षाको बेला भइसकेको छ ।