रौतहट ।
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–१० निबुवा टोलमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको ज्यान गएको छ।
मंगलबार साँझ करिब पौने ८ बजे, खेल्ने क्रममा गरिमा साहका एक वर्षीय छोरा रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साह स्थानीय हृदय पासवानको घरमा रहेको शौचालयको सेफ्टिक ट्यांकीमा खसेका थिए।
स्थानीयले बालबालिकालाई तत्कालै ट्यांकीबाट उद्धार गरी सरकारी अस्पताल चपुर पुर्याए पनि चिकित्सकहरूले ८:१५ बजे दुवैलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सेफ्टिक ट्यांकी खुला थियो वा उचित सुरक्षात्मक ढाकन नराखिएको कारण बालबालिका त्यहाँ खसेका हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया