काठमाडौं ।
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बुधबार कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने महाशाखाले जनाएको छ। ती क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिमसमेत औंल्याएको छ। साथै, उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको पनि बताइएको छ।
यस्ता विपद्का सम्भावित असरहरू जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, यातायात र हवाई सेवामा पर्ने हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले सबैलाई अनुरोध गरेको छ।











प्रतिक्रिया