विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु, कोशी प्रदेशमा संक्रमण फेरि बढ्दै


विराटनगर ।

कोरोना संक्रमित एक महिलाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ।

इलामको सूर्योदय नगरपालिका निवासी ३९ वर्षीया महिला मंगलबार बिहान उपचारका क्रममा अस्पतालको आकस्मिक कक्षमा निधन भएको अस्पतालका प्रबन्धक दिपेश राईले जानकारी दिए। उनी सात दिनदेखि स्वास्थ्य समस्याबाट पीडित थिइन्। श्वासप्रश्वासमा गाह्रो हुने र ज्वरो आउने लक्षण देखिएपछि सोमबार बिर्तामोडको बिर्ता सिटी अस्पतालमा जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना पुष्टि भएपछि उनलाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा आज बिहान मृत्यु भएपछि मृत शरीरलाई प्रहरीको जिम्मा दिइएको अस्पताल प्रशासनले जनाएको छ।

कोशी प्रदेशमा पछिल्ला दिनहरूमा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेको छ। प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेशमा ८ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये झापाका ४ जना, मोरङका २ जना र इलामका २ जना रहेका छन्।