काठमाडौं ।
आज सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सोमबार प्रतितोला १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज १७ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै, चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला २१६० रुपैयाँमा कारोबार भईरहेको नेपाल महासंघले जनाएको छ।











प्रतिक्रिया