प्रतिनिधि सभाको बैठकमा रास्वपा र राप्रपाको अवरोध कायमै


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभाको बैठकमा अवरोध कायमै राखेको छ ।

शनिबार बसेको प्रतिनिधि सभा बैठकमा उनीहरुले विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले कार्यसूचिलाई अगाडी बढाउन खोजेपछि रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएका हुन् ।

साथै, रास्वपाका सांसदहरुले आजको बैठकमा पनि निलो रिबन बाँधेर सांकेतिक विरोध जनाएका थिए । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै रास्वपा र राप्रपाका सांसदहरुले गृह मन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका छन् ।