काठमाडौँको  निषेधाज्ञा हट्यो 


काठमाडौँ। 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले  चक्रपथ र चक्रपथभित्र  लगाएको  निषेधाज्ञा हटाएको छ। कार्यालयले  एक सूचना निकालेर चक्रपथ र चक्रपथभित्रका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइएको जानकारी दिएको हो ।

यसअघि प्रशासनले जेठ १८ गते एक आदेश जारी गर्दै काठमाडौँ जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा  भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू गर्न निषेध गरेको थियो।

तर, हाललाई अब निषेधाज्ञा कायम नरहेको जिल्ला प्रशासन कार्यालय, काठमाडौँले जानकारी दिएको छ ।