नवलपरासी ।
लगातारको झरी र वर्षादसंगै पूर्वी नवलपरासीको बिनयी खोलामा आएको बाढीले बगाएको बस भेटिएको छ । बिहिबार राती बगाएको बस डाइभर्सन रहेको ठाउँ देखि ५ सय मिटर तल भेटिएको जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ मधु नेपालले बताए ।
लामो समय सडक जाममा परेको उक्त बस यात्रुहरू सहित मध्यरात बिनयी खोलाको डाइभर्सन तर्ने क्रममा एक्कासी बाढी आइदिदा बीचमै अड्किएको थियो ।प्रत्यक्षदर्शीका अनुसार खोलाको भेलमा बस अड्किए पछि अधिकांश यात्रुले अत्तालिदै गुहार लगाएका थिए भने केही यात्रु ज्यान बचाउन बाढीको भेलमा फाल हानेका थिए ।
अन्तत बसममा रहेका यात्रुलाई झण्डै साढे २ घण्टा पछि प्रहरी,स्थानीयबासी,जनप्रतिनिधि र क्रसर व्यवसायीहरूले स्काभेटरको सहायताले सकुशल उद्धार गरेका थिए ।बाढीको भेलमा २४ यात्रु सहित फसेको बस यात्रुको उद्धार पछिको केही बेरमै खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका थिए ।प्रहरीका अनुसार काठमाडौ देखि नेपालगन्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस रातको करिव १२: १० बजे खोलामा फसेको थियो ।

पछिल्लो समय बिनयी खोलामा निरन्तर बाढी आइरहेको र पानी घट्नासाथ बनाईएको डाइभर्सन खोलाले पटक पटक भत्काउने गरेको छ ।बिकल्पको रूपमा रहेको होङ्सी सर्दीको बाटो हुँदै चल्ने गरेका साना र हलुका सवारी पनि दाउन्ने पहाडमा चड्न नसकी हिलोमा फस्ने गरेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया