मकवानपुरमा देवरले गरे भाउजूको हत्या


मकवानपुर।

मकवानपुरको थाहा नगरपालिका १ स्थित कुन्छालमा एक महिलाको विभत्स हत्या भएको छ। छिमेकी देवर नाता पर्ने स्थानीय विमलमान गोपालीले भाउजू तुलमाया गोपालीलाई धारिलो हतियार प्रहार गरी बिहीबार हत्या गरेका हुन् ।

बिहीबार दिउँसो ५० वर्षीया तुलमाया गोपालीलाई छिमेकी देवर नाता पर्ने ३५ को विमलमान गोपालीले धारिलो हतियार प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार मृतक महिलाको टाउको र जिउ छुट्टिएको छ ।

हत्यापछि फरार रहेका उनलाई खोजतलास गर्ने क्रममा थाहा नगरपालिका ३ थाना बजारबाट खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

शव पोस्टमार्टमको लागि शिक्षण अस्पताल काठमाडौँ पठाइएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।