लागुऔषधसहित काठमाडौँबाट युवती पक्राउ


काठमाडौँ।

काठमाडौँ महानगरपालिका–१५ स्थित अजिमा हल नजिकबाट प्रहरीले लागुऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुर घर भएर अजिमा हल नजिकै डेरामा बस्दै आएकी २० वर्षीया मनिषा ठाकुर छिन् ।

प्रहरीले असार ४ गते साँझ उनको डेरामा खानतलासी गर्दा २१ हजार ५ सय पिस ट्रामाडोल चक्की, फेनारगन २६० पिस, डाइजेपाम २६० पिस र नुर्फिन २६० पिस फेला परेको छ।
त्यस्तै प्रहरीले २ लाख २५ हजार नगद पनि बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए। उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको उनले बताए।