हस्तकला महासंघ र इन्टरनेशनल रिलेसन्सबीच समझदारी


काठमाडौं।

नेपाल हस्तकला महासंघ र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाइलग (आइआरजीडीडी) बीच नेपाली हस्तकला क्षेत्रको प्रवद्र्धन गर्ने विषयमा समझदारी भएको छ ।

नेपाल हस्तकला महासंघका अध्यक्ष रबिन्द्र शाक्य र आईआरजीडीडीकी अध्यक्ष तथा पूर्व राजदूत डा. शर्मिला पराजुली ढकालले समझ्दारी पत्रमा हस्ताक्षर गरेका छन्।

यस समझ्दारीबाट नेपालको पहिचान र संस्कृतिको सबांहकको रुपमा रहेको नेपाली हस्तकलालाई विश्वब्यापी ब्राण्डको रुपमा विकास गर्न कुटनीतिक पहल र आवश्यक सहयोग पुग्ने जनाइएको छ । त्यसैगरि नेपाली हस्तकलाको प्रवद्र्धन कलाकार कालिगढहरुको क्षमता विकास अध्ययन, अनुसन्धान र नीतिगत संवादलाई अधिकतम प्रभावकारी बनाईने विषयमा पनि दुवै पक्षबाट प्रतिबद्धता जनाइएको छ ।

हस्तकला उद्योग व्यवसाय तुलनात्मक लाभ भएको क्षेत्र भएकोले यसको अधिकतम् प्रतिफल प्राप्त हुनु पर्ने कुरामादुबै संस्थाको ऐक्यबद्धता रहेको विषय पनि समझ्दारी पत्रमा उल्लेख भएको छ ।