काठमाडौं ।
काठमाडौं उपत्यकामा मनसुनजन्य विपद् जस्तै बाढी र डुबानको जोखिम न्यूनीकरण तथा उद्धार कार्यमा प्रहरी जनशक्तिको क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम आज सम्पन्न भएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयको आयोजना र र्याफ्टिङ एजेन्सीहरूको संघ (एनएआरए)को सहकार्यमा मिति २०८२ जेठ २९ गतेदेखि असार ५ गतेसम्म सञ्चालित तालिमको समापन कार्यक्रम काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता र काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।
४८७ प्रहरीलाई तालिम
तालिममा ४८७ जना प्रहरी कर्मचारीहरूलाई कीर्तिपुर नगरपालिका–स्थित टौदह र काठमाडौं महानगरपालिका–स्थित रानीपोखरी क्षेत्रमा १ दिने अभ्याससहित विपद् व्यवस्थापनको अनुशिक्षण प्रदान गरिएको थियो। तालिम (एनएआरए) का प्रशिक्षकहरूले सञ्चालन गरेका थिए।

समापन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख सुनिता डंगोलले भनिन्,- काठमाडौं उपत्यकाभित्र मनसुनमा आउने विपद्का बेला समयमै र प्रभावकारी उद्धार कार्य सम्पन्न गर्न यस्ता अनुशिक्षण कार्यक्रमहरू अत्यन्तै महत्वपूर्ण छन्। उद्धारकर्तालाई सहजता दिने मात्र होइन, नगरपालिका र सुरक्षा निकायबीचको सहकार्यलाई पनि सुदृढ बनाउने माध्यम हुन्।
उनले थप भनिन्, महानगरपालिकाले विपद् व्यवस्थापनका सन्दर्भमा सधैं सहकार्य, समन्वय र सहयोग गर्न तत्परता जनाउँदै आएको छ, र भविष्यमा पनि यस्तो सहकार्यलाई थप सुदृढ बनाउँदै लैजानेछ।
त्यस्तै, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले प्राकृतिक विपद् रोक्न नसकिने भए पनि त्यसबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी अपरिहार्य भएको उल्लेख गर्दै भने, ‘सिमित स्रोत र साधनका बाबजुद काठमाडौं उपत्यका प्रहरी कार्यालयले नागरिकको सुरक्षाका लागि उद्धार जनशक्ति तयारी अवस्थामा राख्ने प्रयास गरिरहेको छ।’
उनले विपद् व्यवस्थापनका लागि नयाँ पाठ्यक्रमसहितको तालिम योजना बनाइरहेको र सोहीअनुसार प्रहरी जनशक्ति दक्ष बनाइने जानकारी गराए। तामाङले भने, ‘विपद् पर्दा सबैभन्दा पहिले नागरिकले प्रहरी बिट वा नजिकको चौकी सम्झन्छन्। त्यसपछि मात्र स्थानीय निकाय सम्झिन्छन्। त्यसैले प्रहरी र स्थानीय सरकारबीचको सहकार्य अहिलेको आवश्यकता हो।’
उनले सामुदायिक विपद् स्वयंसेवक कार्यक्रम (ऋयmmगलष्तथ म्ष्कबकतभच ख्यगिलतभभच एचयनचबmmभ ( ऋम्ख्ए) मार्फत समुदायका स्थानीय नागरिकलाई समेत विपद् व्यवस्थापनमा प्रशिक्षित गर्दै आएको र आगामी दिनमा त्यस्ता स्वयंसेवकलाई पनि तालिम दिन सुरु गरिने योजना रहेको जानकारी दिए।
कार्यक्रममा ल्ब्च्ब् का अध्यक्ष कमलबहादुर ठकुरीले भनिन्, ‘विपद्का बेला अग्रपंक्तिमा खटिने नेपाल प्रहरीसँग सहकार्य गर्न पाउनु गौरवको विषय हो। यस्तो सहकार्यलाई निरन्तरता दिन हामी तयार छौं।
उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओमबहादुर राना, उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिकग्राम शर्मा, काठमाडौं महानगरपालिका–२७ का वडाध्यक्ष योगेश खड्गी, रानीपोखरी र रत्नपार्क इकाइ प्रमुख दामोदर लामा, टौदहस्थित नागराजा–नागरानी बासस्थान समाजका अध्यक्ष श्रीराम खड्का, ल्भउब िब्ककयअष्बतष्यल या च्बातष्लन ब्नभलअष्भक का प्रशिक्षक तथा प्रतिनिधिहरू, काठमाडौं महानगरपालिकाका प्रतिनिधि तथा अन्य प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो।
‘लाईभ डेमो’ र सम्मान
कार्यक्रमका अवसरमा उद्धार अभ्यास (लाईभ डेमो) समेत प्रस्तुत गरिएको थियो भने तालिम सफल बनाउन सहयोग गर्ने व्यक्तित्वहरूलाई प्रशंसापत्र वितरण गरिएको थियो। कार्यक्रमको अन्त्यमा प्रहरी उपरीक्षक शालिकग्राम शर्माले तालिमको सम्पूर्ण विवरणसहित प्रतिवेदन प्रस्तुत गरेका थिए।














प्रतिक्रिया