नेपाली सेनाले हुम्लामा बेलिबृज जडान गर्दै


काठमाडौँ।

हुम्ला जिल्लालाई राष्ट्रिय सडक संजालसँग जोड्नको निमित्त हिल्सा-सिमिकोट सडक खण्डको खार्पुनाथस्थित चुवा खोलामा नेपाली सेनाद्वारा बेलिबृज जडानको कार्य भईरहेको छ ।

गत १२ गतेबाट नेपाली सेनाको फौज पुल निर्माण स्थलमा खटिई भौतिक निर्माणको कार्य शुभारम्भ भएको थियो ।

उक्त पुलको निर्माण कार्य अन्तिम चरणमा रहेको र बेलिबृज जडान पश्चात् उक्त सडक खण्डमा बाह्रै महिना सवारी साधन आवागमन हुने नेपाली सेनाले जनाएको छ।