कविता
धूलोले ढाकिएको छ इतिहास हाम्रो,
जहाँ हरेक इँटामा छ राष्ट्रको स्वाभिमान ।
गुमेको त्यो गौरव, टुक्रिएको त्यो सपना,
फेरि उठ्न, हामीलाई चाहिएको छ एक बलियो थाम ।
राजा थिए, जब देश एक थियो,
सपना पूरा गर्न एकताको गीत थियो ।
आज हरेक गल्लीमा छ अविश्वासको आवाज,
समाधान होइन, झनै गहिरिएको छ समाज ।
विदेशिएका छन् युवाहरू,
भविष्य खोज्दै पराई भूमिमा ।
देशमा रोजगारी होइन,
छ सत्ताका वरिपरि भरिएका मानिसहरू ।
अब नेतृत्वको खाँचो छ,
जो सधैँ देश र जनताको माया गर्छ ।
जो पक्षपात होइन,
सबै नेपालीलाई समान नजरले हेर्छ ।
राजसंस्था फेरि फर्कनुपर्छ,
समृद्धिको ढोका फेरि खोल्नुपर्छ ।
हामी सबै मिलेर गर्जनुपर्छ,
‘राजा फर्काऊ, देश बचाऊ’ भनेर बोल्नुपर्छ ।
आजको यो कविता हो,
भोलिको त्यो गाथा बन्नेछ ।
एकता, विश्वास र नेतृत्वसँगै,
नेपाल फेरि उज्यालोमा चम्कनेछ ।
(लेखक नागरिक विद्रोह जनसम्पर्क प्रमुख हुनुहुन्छ ।)











प्रतिक्रिया