नेपाली शान्ति सैनिकहरूको अदलीबदली


काठमाडौँ।

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि युनिस्फा मिसनमा तैनाथ फोर्स हे.क्वा. सपोर्ट युनिट तेस्रो डफ्फाका ६७ जना नेपाली शान्ति सैनिकहरू सह सेनानी श्री भोला कुमार कार्कीको नेतृत्वमा आज (सोमबार ) स्वदेश फिर्ता भएका छन् ।

यसअघि, उक्त मिसनलाई बदली गर्नको लागि फोर्स हे.क्वा. सपोर्ट युनिट (शान्ति सेना) चौथो डफ्फाका ७७ जना शान्ति सैनिकहरू प्रमुख सेनानी श्री ज्ञानकाजी श्रेष्ठको नेतृत्वमा संयुक्त राष्ट्र चार्टर्ड उडानमार्फत गत ज्येष्ठ ३० गते नै मिसन इलाकातर्फ प्रस्थान गरेका थिए ।

हाल उक्त मिसनमा १०७ जना शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेनाले जनाएको छ।