एनआईसी एशिया लघुवित्तद्वारा देशभर वित्तीय साक्षरताको अभियान सञ्चालन


काठमाडौं
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरताको कार्यक्रमलाई निरन्तरता दिँदै जेठ १७ गतेदेखि ३१ गतेसम्म देशभरका सातवटै प्रदेशमा व्यापक रूपमा अभियान सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत विभिन्न शाखाहरूमा आयोजना गरिएको वित्तीय साक्षरताबाट कुल ३,४४५ जना सदस्यहरू लाभान्वित भएका छन् ।

संस्थाले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका शाखाहरूमा कार्यक्रम सञ्चालन गर्दै सहभागीलाई वित्तीय ज्ञान प्रदान गरेको हो। सहभागीलाई बचत, लगानी, ऋणको सदुपयोग, बीमा तथा डिजिटल बैंकिङ सेवासम्बन्धी जानकारी दिइएको थियो ।

यस अभियानमा संस्थाका विभिन्न तहका कर्मचारीको सक्रिय सहभागिता रहेको थियो भने स्थानिय लब्धप्रतिष्ठित व्यक्तित्वहरूले समेत वित्तीय साक्षरतामा सहयोग पु¥याएका थिए । ग्रामीण तथा पिछडिएका क्षेत्रमा रहेका आर्थिक रूपले कमजोर वर्गका नागरिकहरूलाई वित्तीय पहुँचमा सहजता पु¥याउन यस्ता कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ।

एनआईसी एशिया लघुवित्तले वित्तीय साक्षरतासँगै आफ्ना सदस्यलाई पशुपालन, लघु उद्यम सञ्चालन, आधुनिक कृषि प्रणालीलगायतका व्यावसायिक विषयमा तालिमसमेत प्रदान गर्दै आएको छ । संस्थाले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने योजना बनाएको जनाएको छ ।