३१ औं वार्षिकोत्सवमा महालक्ष्मी विकास बैंकद्वारा दीर्घसेवी ३६ कर्मचारी सम्मानित


काठमाडौँ
महालक्ष्मी विकास बैंकले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसरमा २० वर्षभन्दा बढी सेवा प्रदान गरेका कर्मचारीहरुलाई एक विशेष कार्यक्रमकाबीच सम्मान गरेको छ ।

काठमाडौंमा आयोजित उक्त सम्मान कार्यक्रममा इमान्दारी, समर्पण, निष्ठा र व्यवसायिकताको साथ निरन्तर २० वर्ष सेवा गरेका ३६ जना कर्मचारीलाई बैंकका अध्यक्ष, सञ्चालक समिति सदस्य तथा प्रमुख कार्यकारी अधिकृतले सम्मान गरेका हुन्। सम्मानित कर्मचारीहरू विभिन्न शाखा तथा केन्द्रीय कार्यालयमा कार्यरत छन् ।

कार्यक्रममा सञ्चालक समिति सदस्य, उच्च पदस्थ अधिकारी, विभागीय तथा प्रदेश प्रमुख, काठमाडौं उपत्यकाका शाखा प्रबन्धकसहित ठूलो संख्यामा कर्मचारीहरूको उपस्थिति थियो। बैंकले दीर्घसेवी कर्मचारीहरूको योगदानले संस्थाको स्थायित्व, सेवा गुणस्तर र ग्राहक विश्वासमा उल्लेखनीय सुधार ल्याएको विश्वास लिएको जनाएको छ ।

वार्षिकोत्सवकै अवसरमा महालक्ष्मी टोस्टमास्टर क्लबको औपचारिक सुरुवात समेत गरिएको छ। टोस्टमास्टर इन्टरनेशनलबाट मान्यता प्राप्त यस क्लबमार्फत कर्मचारीमा नेतृत्व विकास, सार्वजनिक वक्तृत्व, आत्मविश्वास र संचार क्षमताको अभिवृद्धि गरिनेछ। विकास बैंकहरूमा टोस्टमास्टर क्लब स्थापना गर्नेमा महालक्ष्मी विकास बैंक पहिलो बनेको हो ।

बैंकले वार्षिकोत्सव मनाउन तय गरेका सम्पूर्ण कार्यक्रमहरू जेष्ठ महिनाभर सफलतापूर्वक सम्पन्न भएको जनाएको छ। साथै, आगामी दिनमा ग्राहकलाई थप प्रविधिमैत्री, सुरक्षित र सहज सेवा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।