नेपाल विज्ञापन संघको ३५औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न, रक्तदानसहित तीन नयाँ कार्यक्रमको घोषणा


काठमाडौं
नेपाल विज्ञापन संघ (आन)ले आफ्नो ३५औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । यस अवसरमा संघले आज ललितपुरको पुल्चोकस्थित लबिम मलमा एक विशेष रक्तदान कार्यक्रम आयोजना ग¥यो, जसमा विज्ञापन, मिडिया तथा अन्य उद्योग–व्यवसायसँग सम्बन्धित व्यक्तिको सहभागिता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी अन्तर्गतको रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा रिलाएबल फुड एण्ड बेभरेज, डाबर नेपाल, लबिम मल, सन फिस्टको डार्क फेन्टासी तथा चोको फन जोयले सहकार्य गरेका थिए । कार्यक्रममा झण्डै १०० जना सहभागी भई रक्तदान गरेका थिए ।

यही दिन संघले दुई अन्य कार्यक्रम—“अप ग्रेड टु ग्रो“ शीर्षकको तालिम श्रृंखला र “आन बल“ नामक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम—को पनि घोषणा गरेको छ।

“अप ग्रेड टु ग्रो“ तालिम श्रृंखला ईन्टरनेशनल एड्भर्टाइजिङ एशोसिएसनको नेपाल च्याप्टर र एड क्लब अफ नेपालको सहकार्यमा संचालन हुनेछ । संघका महासचिव कृष्ण घिमिरेका अनुसार, यो तालिम व्यवसायिक विज्ञापन तथा ब्रान्ड मार्केटिङमा संलग्न पेशाकर्मीहरूका लागि लक्षित रहनेछ । तालिमहरू विभिन्न पक्षहरूमा छुट्टाछुट्टै श्रृंखलाका रूपमा संचालन गरिनेछ, जसको संयोजकत्व संघका कार्यकारिणी सदस्य श्री रञ्जित आचार्यले गर्नेछन् ।

त्यसैगरी, “आन बल“ कार्यक्रम छिट्टै नै नेपाली चलचित्र, मनोरञ्जन, कला, खेलकुद तथा समाजका चर्चित व्यक्तित्वहरूको सहभागितामा आयोजना गरिनेछ। संघका कार्यकारिणी सदस्य प्रभात रिमालको संयोजकत्वमा संचालन हुने यो कार्यक्रम मौलिक र नयाँ शैलीमा प्रस्तुत गरिने बताइएको छ । यसबारे विस्तृत जानकारी छिट्टै सार्वजनिक गरिने महासचिव घिमिरेले जानकारी दिनुभयो ।

नेपाल विज्ञापन संघले विगत ३५ वर्षदेखि देशको विज्ञापन क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय योगदान दिँदै आएको छ । संघले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू मार्फत विज्ञापन तथा सिर्जनशील उद्योगको सुदृढीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।