उदयपुर।
उदयपुरको बेलका नगरपालिका वडा नं ९ को मदन भण्डारी लोकमार्गमा रहेको रंगलक्ष्मी पेट्रोलपम्प नजिकको कलवर्टको पिलरमा मोटर साइकल ठोकिएर शुक्रबार राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बेलका नगरपालिकाको बुद्ध चौकबाट रामपुर बजारतर्फ जाँदै गरेको प्रदेश १ ०५ ००१ प १९१३ नंको मोटरसाइकल पेट्रोलपम्प नविक रहेको कल्भर्टमा ठोकिएर दुर्घटना हुँदा बेलका नपा ६ बस्ने नवीन राईको ज्यान गएको हो ।
शनिवार बिहान स्थानीयले कलभर्टमा ठोकिएर मोटरसाइकल र मानिस लडेको देखेपछि इलाका प्रहरी कार्यालय रामपुरमा खबर गरेको र तत्काले इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलमा गएर बुझ्दा उक्त दुर्घटनामा परेर ज्यान गुमाउने बेलका नपा ६ का ४० वर्षका नवीन राई रहेको पुष्टि भएको र सो दुर्घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया