पेट्रोल पम्म नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


उदयपुर ।

मदनभण्डारी लोकमार्गअन्तर्गत उदयपुरको बेलका नगरपालिका–९ स्थित पेट्रोल पम्म नजिक मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ४० वर्षीय नविन राईको घटनास्थलमै मृत्यु भएको हो ।

घरबाट रामपुर बजारतर्फ जाँदै गरेको अवस्थामा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा राईको मृत्यु भएको ईलाका प्रहरी कार्यालय राम्पुरले जनाएको छ ।

अहिले मृतकको शव पोष्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको र सो घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि ईलाका प्रहरी कार्यालय राम्पुरले जनाएको छ ।