काठमाडौं
चुच्चेपाटीस्थित तिलगंगा सिटी आँखा केन्द्रमा अब ज्योति विकास बैंक लिमिटेडका ग्राहकहरूले विशेष छुट प्राप्त गर्न सक्नेछन्। हालै सम्पन्न सम्झौता अनुसार बैंकका ग्राहकहरूले सो आँखा केन्द्रमा आँखा जाँच तथा विशेष उपचार (जस्तै शल्यक्रिया र थेरापी) मा १० प्रतिशत तथा प्रिस्क्रिप्सन चश्मा खरिदमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।
तिलगंगा नेत्र प्रतिष्ठानको सह–संस्था तिलगंगा सिटी आँखा केन्द्रले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । ग्राहकको सुविधा र स्वास्थ्यलाई सर्वोपरि मान्ने नीति अनुरूप ज्योति विकास बैंकले स्वास्थ्य क्षेत्रसँगको सहकार्यलाई अझ सशक्त बनाउँदै गएको छ ।
यस अघि पनि बैंकले नयाँ बानेश्वरस्थित “अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर” सँग १५ प्रतिशत छुट र सातदोबाटोस्थित “पब्लिक नेपाल डेन्टल अस्पताल तथा पोलिक्लिनिक” सँग ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाएको थियो ।
संस्थागत सुशासनमा दृढ विश्वास राख्ने ज्योति विकास बैंक सामाजिक उत्तरदायित्व अन्तर्गत समाजप्रति सकारात्मक योगदान पु¥याउँदै आइरहेको छ । अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा आफ्नै मुनाफाबाट ५० प्रतिशत बढी रकम सामाजिक क्षेत्रमा छुट्याएर बैंकले समाजप्रतिको उत्तरदायित्वलाई अझ मजबुत बनाएको छ ।
“स्वस्थ र सुदृढ जनशक्ति नै समृद्ध राष्ट्रको मेरुदण्ड हो” भन्ने मूल मान्यताका साथ बैंकले नवजात शिशुहरूको ज्यान जोगाउन सुरु गरेको अभियान अन्तर्गत “न्यानो नानी” परियोजना मार्फत हालसम्म हरेक वर्ष २,२९४ भन्दा बढी शिशुहरूको जीवन रक्षा गर्न सफल भएको छ ।
साथै, राष्ट्रप्रतिको दायित्व पूरा गर्दै बैंकले विगत आर्थिक वर्षमा ४० करोड रुपैयाँ कर तिरेको छ भने चालु आर्थिक वर्षको पौष मसान्तसम्म १५ करोड रुपैयाँभन्दा बढी कर बुझाइसकेको छ।
ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत सम्पूर्ण देशभर सेवा प्रदान गरिरहेको छ । ग्राहकहित, सामाजिक उत्तरदायित्व र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धतासहित बैंक निरन्तर परिवर्तन र प्रगतितर्फ अग्रसर छ ।
प्रतिक्रिया