प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश पारित


काठमाडौं ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

सभाले सेयरधनीलाई आर्थिक वर्ष २०८०\८१ का लागि ८ प्रतिशत बोनस सेयर र ० दशमलव ४२१ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनस सेयर वितरणसँगै नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम तोकिएको न्यूनतम चुक्ता पुँजी पुग्नेछ । सभाले आर्थिक वर्ष २०८०\८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ ।