काठमाडौं
बैंकर तथा लेखक डा. बुद्धि मल्लको दोश्रो कृति ‘सपना सकार हुन्छन् (संघर्ष र सफलताको कथा)’ चाँडै पाठकको हातमा आउने भएको छ ।
पहिलो कृति ‘सफलता सम्भव छ’ पछि लेखकीय यात्रालाई निरन्तरता दिँदै डा. मल्लले नेतृत्व, संघर्ष र सफलताको प्रेरणादायी विषयवस्तुहरूमा आधारित लेखहरूको संग्रह प्रस्तुत गर्न लाग्नुभको हो ।
शिखा बुक्स प्रा. लि. को प्रकाशनमा आउन लागेको यस पुस्तकमा ४८ वटा फरक–फरक विधाका लेख समेटिएको छ । यी लेख समयअनुसार पढ्न सकिनेछ, छोटो समयमा सम्पूर्ण पुस्तक सक्ने सुविधा दिनेछ, र, सार्वकालिक सान्दर्भिकता बोकेको लेखकको विश्वास छ ।
डा. मल्लका अनुसार “युवादेखि पाका व्यक्तिसम्म, हरेक उमेर समूहका लागि उत्प्रेरणा र आत्म–दिशा दिने एउटा स्रोत बन्न सक्छ ।” उहाँको भनाइमा, उत्कृष्ट नेतृत्व र आत्मविकास सम्बन्धी विषयमा आधारित लेखहरूले पाठकमा आत्मविश्वास र सकारात्मक ऊर्जा जगाउने छन् ।
प्रतिक्रिया