स्वावलम्बन लघुवित्तद्वारा वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


काठमाडौँ

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय सिन्धुलीद्वारा आयोजित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम कमलामाई नगरपालिका वडा नम्बर ९ मा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका ग्राहक सदस्य, अभिभावक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य कर्जाको सदुपयोग, उद्यमशीलता विकास र स्थानीय स्रोत साधनको प्रयोगद्वारा आयआर्जन वृद्धि गर्दै न्यून आय भएका वर्गको आर्थिक तथा सामाजिक स्तरलाई उकास गर्नु रहेको थियो। कार्यक्रममा सहभागी सदस्यहरूलाई बचत तथा कर्जा व्यवस्थापन सम्बन्धी विषयमा व्यवहारिक जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष विनोद प्रधानले धेरै संस्थासँग कारोवार नगरी एकिनतापूर्वक कर्जाको सदुपयोग गर्न आग्रह गर्दै स्वावलम्बनजस्ता संस्थाबाट लिइएको कर्जालाई व्यवसायिक प्रयोगमाठ लगाउन सुझाव दिनुभयो । विशिष्ठ अतिथि इलाका प्रहरी कार्यालय भीमानका प्रहरी नायब निरीक्षक दीपककुमार पोखरेलले सदस्यलाई कर्जा सम्बन्धी गुनासो भए संस्थामार्फत समाधान गर्न र कानुनी तथा बैंकिंग प्रक्रियाअनुसार आय सृजनात्मक गतिविधिमा लगानी गर्न प्रेरित गर्नुभयो ।

शाखा प्रबन्धक जानकी कुमारी बानियाँले संस्थाले सरल कर्जा प्रणालीमार्फत उद्यमी बन्न चाहने सदस्यहरूलाई आवश्यक परामर्श तथा सेवा दिँदै आएको र भविष्यमा पनि नयाँ सेवा सुविधा ल्याउन प्रतिबद्ध रहेको बताइन् ।

कार्यक्रममा कर्जा बीमा रकमको भुक्तानी वितरण गरिएको थियो भने एस।इ।ई। परीक्षामा उत्कृष्ठ नतिजा ल्याएका सदस्यका छोराछोरीलाई छात्रवृत्ति स्वरूप नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।