मूल्य घट्यो,आज कतिमा हुँदैछ सुनको कारोबार ?


काठमाडौं । आज मंगलबार सुनको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ६ सय रुपैयाँले घटेर १ लाख ९० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाादीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला २१६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।