सिटिजन्स बैंकको एक खाता, एक रुख अभियान


काठमाडौं

सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको चोभारमा वृक्षारोपण कार्यक्रम कार्यक्रम सम्पन्न गरेको छ। ‘बिट प्लाष्टिक पोलुसन’ भन्ने अभियानलाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोट बिरुवा जर्गेना तथा प्रवर्द्धन गर्नका लागि वृक्षारोपण गरिएको हो। 

बृहत वृक्षारोपण कार्यक्रम कीर्तिपुरको मन्जुश्री पार्क, चोभार वडा नम्बर १४ मा करिब १ हजार २८५ विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको छ। वृक्षारोपण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, जल विनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक महर्जन तथा बैंकका उच्च व्यवस्थापन लगायतका कर्मचारीहरू को उपस्थिति रहेको थियो। 

प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने, ‘हरियाली बढाउने र वातावरण संरक्षण गर्ने प्रतिबद्धता यही कार्यबाट देखाउँछौ र हरेक वर्ष स्मार्ट बचत खाता “१ खाता, १ रुख” अभियान अन्तर्गत रूखहरू रोप्ने प्रण गर्छौ।’ संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय एवं मठ मन्दिरहरूमा समेत सहयोग गरिसकेको छ। 

हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ। साथै मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्युआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ। 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६८ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाख ९८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।