रौतहट ।
निर्माण कम्पनिले मर्मत गर्न थालेको वीरेन्द्र राजमार्गको चन्द्रनिगाहपुर जयनगर सडक खण्डको खाल्डाखुल्डीमा टालटुले काम भएको छ । आर्थिक बर्ष सकिनै लाग्दा भएको राजमार्गको खाल्डाखुल्डी मर्मतको नाममा गरिएको कालोपत्रेको कार्य गुणस्तर हीन भइरहेको छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर बाट वीरेन्द्र राजमार्गको खाल्डाखुल्डी मर्मत गर्ने जिम्मा पाएको शिबशक्ति निर्माण सेवाले न्यून मात्रामा अलकत्रा छर्केर कालोपत्रे गर्दै आएको छ ।
खाल्डा खुल्डी मर्मतको लागि २० लाखमा ठेक्का लिएतापनि मर्मत कार्य भने मापदण्ड विपरीत रहेको पाइएको छ । सडक डिभिजन कार्यालयका सबईन्जिनियर सुरेश महतो स्वयम साईटमा रहँदा पनि निर्माण कम्पनीले खाल्डा–खुल्डी ठाउँमा सेमि रार्उटिङ्ग गर्दा अलकत्राको प्रयोग न्यून गरेको पाइएको छ । सबईन्जिनियर सुरेश महतोका अनुसार डिपिएसटी बाटो रहेको र मर्मत कार्यमा ०.६ वर्ग मिटरमा अलकत्रा छर्ने र २ ईन्च मोटाईको पीच गरिने बताए ।
अर्को आर्थिक वर्षमा सो राजमार्ग चार लेनको निर्माण हुन लागेको छ । तर बजेट फ्रिज हुन नदिन सडक डिभिजन कार्यालयले अनाबश्यक स्थानमा समेत पीच गरेको पाइएको छ । उक्त सडकको खाल्डाखुल्डीमा मापदण्ड अनुसार कार्य नभएको, केही ठाउँमा अलकत्रा छर्केको जस्तो गरेर पीच गरिएको छ जसले गर्दा चाडैनै पुन खाल्डाखुल्डी हुन सक्ने स्थिति रहेको छ । उता पूर्व पश्चिम राजमार्गमा बर्षेनी मर्मतको नाममा खाल्डाखुल्डीमा पीच गदै आएपनि टिकाउ भने हुने गरेको छैन ।
प्रतिक्रिया