एशियन पेन्ट्सले वितरण गर्‍यो क्यालिडोस्कोप वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिताको पुरस्कार


काठमाडौं

एशियन पेन्ट्सले १२ औँ क्यालिडोस्कोप नेपाल वास्तुकला तथा आन्तरिक डिजाईन प्रतियोगिता २०८१–८२ को पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

होटल मेरियट, काठमाडौंमा एक भव्य समारोहबीच पुरस्कार वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको हो ।

यो प्रतियोगिता नयाँ पुस्ताका प्रतिभाशाली डिजाइनरहरूको उत्साहवद्र्धन र उनीहरूलाई व्यावसायिक अभ्यासतर्फ अग्रसर गराउने उद्देश्यका साथ आयोजना गरिएको हो ।

शैक्षिक संस्था र उद्योगबीच सहकार्य गर्दै विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सृजनशीलता, र पेशागत तयारीमा सशक्त बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको थियो । यस प्रतियोगिताले विद्यार्थीहरूलाई वास्तविक परियोजनाहरूमा काम गर्ने अवसर प्रदान गर्दै तिनीहरूको क्षमता उजागर गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।

यस वर्षको प्रत्यक्ष परियोजना किर्तिपुर नगरपालिकाको सहकार्यमा विकास गरिएको १२,८८० वर्ग मिटर क्षेत्रफलमा फैलिएको अन्तर्राष्ट्रिय फुटसल स्टेडियमको अवधारणात्मक डिजाइन रहेको थियो ।

उक्त परियोजनामा सहभागीहरूले नवीनतम डिजाइन सिद्धान्तहरू प्रयोग गरी स्थायित्व, कार्यक्षमता र स्थानीय सन्दर्भको सम्मान गर्ने चुनौती सामना गरेका थिए ।

एशियन पेन्ट्सले शैक्षिक र व्यावसायिक क्षेत्रबीचको सहकार्यलाई प्रोत्साहित गर्दै युवाहरूलाई सिर्जनात्मक चुनौतीहरू मार्फत सशक्त बनाउन निरन्तर प्रयत्न गर्दै आएको छ ।

क्यालिडोस्कोपको १२ औं संस्करणले पुनः एकपटक युवा प्रतिभालाई सम्मान गर्ने तथा उद्योगसँग जोड्ने एक सफल प्रयासको रूपमा चिनिएको छ ।