अनुले ल्याइन् बाबुजी


गायिका अनु चौधरीको स्वरमा बाबुजी बोलको गीत सार्वजनिक गरिएको छ ।उत्तम भण्डारीको शब्द रचना र संगीत, बाबुल गिरीको एरेञ्जमेन्टप, मिक्सिङ र मास्टरिङ रहेको गीत भिडियोसहित सार्वजनिक गरिएको हो । उत्तम श्रेष्ठ (शिशिर) को निर्देशन रहेको गीतको भिडियोमा श्रीकृष्ण निरौला र आराध्यालक्ष्मी खड्गीलाई फिचरिङ गरिएको छ ।

विशाल थापा र टिमको सिनेमेटोग्राफी रहेको भिडियोमा मीन रावलको दृश्य सम्पादन रहेको छ ।विशाल कैनीको कोरियोग्राफी रहेको डान्सिङ प्याट्रनको भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । ‘हामी सबैको मिहिनेतबाट एउटा उत्कृष्ट गीतको भिडियो तयार भएको छ’ गायिका चौधरी भन्छिन्। थारु गीतमा जमेकी अनुले थुप्रै नेपालीका साथै हिन्दी गीत पनि गाएकी छन् ।