काठमाडौँ
दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आईपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । कम्पनीले कुल ३९ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि अनुमति पाएको हो ।
कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले अब पहिलो चरणमा स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीको लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।
कम्पनीले बाग्लुङमा ९.६ मेगावाट क्षमताको दरमखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
प्रतिक्रिया