जिकर एक्स’, इलेक्ट्रिक लक्जरी एसयुभि अब अझै सुलभ मूल्यमा उपलब्ध गर्दै पायोनियर मोटोकर्प


काठमाडौं

नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटोकर्पले, कम्प्याक्ट लग्जरी एसयुभि ‘जिकर एक्स’, नयाँ र परिमार्जित मूल्य ७४ लाख ९९ हजारमा उपलब्ध गरेको छ।

८४ लाख ९९ हजार रुपैयाँ बजारमूल्य रहेको जिकर एक्स, हाल १० लाख कम मूल्यमा उपलब्ध गराइएको हो। ‘अनचेन्ड ड्युटि, अनबिटेबल प्राइस’ नाम रहेको यस योजनाअनुसार ग्राहकहरूले मात्र २०% डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नेछन्  भने एक्सचेन्ज बोनस, अटो प्लस बीमा, सडक करमा १ आर्थिक वर्षको छुट, र निःशुल्क ७ किलोवाट वाल चार्जर जस्ता थप विशेष सुविधाहरूको समेत लाभ लिन सक्नेछन्।