नेपालकै पहिलो रिवार्डका रूपमा स्थापित राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८१ सोमबार राजधानीमा सम्पन्न भएको छ ।
संगीतका २२ विधामा अवार्ड प्रदान गरिएको समारोहमा ख्यातिप्राप्त गायिका तथा गीतकार चन्द्रकला शाहलाई दीर्घ साधना कलाकारिता सम्मान तथा नेपाली कलाकारलाई लिएर नेपालमै छायांकन गरिएको पहिलो नेपाली फिल्म आमाकी अभिनेत्री तथा प्रथम नायिका भुवन चन्द थापाका साथमा सोही फिल्मका अभिनेत्रीद्वय चैत्यदेवी र वसुन्धरा भुषाललाई फिल्मकर्मी त्रिदेवी सम्मानद्वारा सम्मानित गरियो ।

आयोजक संस्था सामना म्युजिक क्रियसनकी अध्यक्ष सामना शाहको सभापतित्व तथा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा चावहिलस्थित चलचित्र विकास बोर्डमा सम्पन्न कार्यक्रममा आधुनिक संगीततर्फ पिताबाट डा. ओमकृष्ण प्रसाईं शब्द रचना, झेलीमायाबाट केशव सापकोटा संगीत, पालेदाइबाट विष्णु तामाङ एरेन्जर, जुनकिरीबाट डेविट शंकर गायक, खाली खुट्टाबाट प्रतिमा केसी गायिका, जहिलेदेखि नजर जुध्योबाट श्रीदेव भट्टराई र कस्ती थिए“ कस्ती भए“बाट दिपा शाही मोडल, म तिमीलाई मन पराउछु बाट विजेन्द्र नौवागे र मेरो मान्छेबाट सपना जनक मोडल जुरी अवार्ड, सत्य राम कसमबाट सियोन श्रेष्ठ भिडियो निर्देशक, मेरी बाठी मायालेबाट अजय रेग्मी छायाँकार र बाच्दिन मबाट राजेश कुमार सम्पादन विधाको अवार्ड विजेता भए ।
पाँचौ संस्करणको रिवार्ड कार्यक्रममा लोकदोहोरी शब्दमा ज्यानै फाल्दिन्छुबाट सागर रेग्मी, सोही गीतबाट अशोक पौडेल र निरुता शाही मोडल तथा दोहोरी भिडियो निर्देशकमा श्रृजन बराल विजेता भए । सो गीतले सर्वाधिक ४ विधामा अवार्ड पायो। सञ्चारकर्मी दीपज्योति थापाद्वारा सञ्चालित कार्यक्रममा लोकदोहोरीतर्पm बेसारे माया बोलको गीतबाट शान्त शिशिर लय र सञ्चिता शाही नृत्य मोडल जुरी अवार्ड, तिम्रो खाँचोबाट रामप्रसाद अवस्थी गायक, दमौलीमा गेटबाट सिमा थापा गायिका, म बाँचेकी तिम्रो लागीबाट विमल अधिकारी र फुलमायाबाट अस्मिता पुरी मोडलको अवार्ड विजेता भए । कार्यक्रममा रिवार्डका रूपमा सबै विधाका विजयीलाई जनही ५ हजार रुपिया प्रदान गरिएको थियो।
रामप्रसाद अवस्थीलगायतका केही विजेताले रिवार्डवापत प्राप्त रकम आयोजक संस्थाको आगामी कार्यक्रमको सहयोगका लागि हस्तान्तरण गरेका थिए ।कार्यक्रममा संगीतकार चेतन राई, गायक धनराज चुनारा, गीतकार तथा गायक सुवास कार्की, गायिका अनिता कुवर, सञ्चारकर्मी तुलसिंह रनपछाई, संगीतकार मदन नेपाली, बालकलाकार आरिया शाही, मिसेस नेपाल रेश्मा घिमिरे, गोकर्णेश्वर नगरपालिकाका प्रशासकीय अधिकृत याम नारायण गौली र इभेन्ट आयोजक सोनितराज ढुंगेललाई सम्मानित गरिएको थियो ।











प्रतिक्रिया