काठमाडौँ।
संयुक्त राष्ट्र संघको आव्हानमा लिवियामा कार्यरत नेपाली शान्ति सैनिकहरुको अदलीबदली गरिएको छ। लिवियामा तैनाथ स्पेसल गार्ड युनिट अन्तर्गत श्री भगवती प्रसाद गुल्म (शान्ति सेना) छैटौँ डफ्फालाई बदली गर्नको लागि श्री नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौँ डफ्फाका ११५ जना शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी रामकृष्ण बस्नेतको नेतृत्वमा हिजो सोमबार मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।
यस्तै, सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी ११५ जना नेपाली शान्ति सैनिकहरु प्रमुख सेनानी विश्वनाथ तिमल्सिनाको नेतृत्वमा आज स्वदेश फिर्ता भएका छन् ।
हाल उक्त मिसनमा नेपाली सेनाका २३२ जना शान्ति सैनिकहरू कार्यरत रहेको नेपाली सेनाले जनाएको छ।











प्रतिक्रिया