आज सुन चादिको मूल्य कति बढ्यो होला ? अनुमान लाउनुहोस्


काठमाडौं ।

नेपाली बजारमा मंगलबार आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २९ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज २९ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।