केही अघि थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको फिल्म द ब्ल्यु लाइटको प्रमुख भूमिकामा अर्पण थापा अनुबन्धित भएका छन् ।फिल्म बलिराम चौहानले निर्देशन गर्नेछन् । चौहान निर्माणाधीन फिल्म बलिदानको लेखक तथा मुख्य सहायक निर्देशक हुन् ।
द ब्ल्यु लाइट उनको डेब्यु निर्देशनको फिल्म हुनेछ । साइकोलजिकल थ्रीलर जनरामा निर्माण हुने फिल्मको शीर्षमध्येको एक भूमिकामा थापालाई औपचारिक रूपमा अनुबन्धित गरिएको निर्माण टिमले जनाएको छ । फिल्मको सार्वजनिक थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएकी छन् ।
पोस्टरमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको छ र उनको जिङरिङ कपाल तथा विछिप्त मुद्राबाट फिल्मको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ ।स्काइफल पिक्चर्सको ब्यानरमा आगामी २१ गते देखि छायांकन शुरू हुने फिल्ममा रमन ग्रे सह निर्माता रहनेछन्। फिल्म नरेन्द्र मैनालीले खिच्नेछन् ।











प्रतिक्रिया