भुवन चन्द, चैत्यदेवी र वसुन्धरालाई त्रिदेवी सम्मान


नेपालमै पहिलो रिवार्डको रूपमा स्थापित साधना म्युजिक रिवार्डको पाँचौं संस्करण आज राजधानीमा हुने भएको छ।
चावहिलस्थित चलचित्र विकास बोर्डको हलमा हुने साधना म्युजिक रिवार्ड २०८१ मा करिव ५ दशकदेखि अनवरत रूपमा संगीत क्षेत्रमा योगदान पु¥याउँदै आएकी गायिका तथा गीतकार चन्द्रकला शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिने भएको छ।
उनका दर्जनौ“ गीत लोकप्रिय छन्। त्यसै गरी नेपाली कलाकारलाई लिएर नेपालमै बनेको पहिलो नेपाली फिल्म आमाका प्रथम अभिनेत्रीहरू भुवन चन्द, चैत्यदेवी र वसुन्धरा भुषाललाई फिल्म क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै फिल्मकर्मी त्रिदेवी सम्मानबाट सम्मानित गरिने भएको छ।

नेपाली गीत संगीतका विभिन्न विधालाई समेटेर आयोजना गरिदै आएको रिवार्डमा नेपाली गीत संगीत, फिल्म र साहित्य विधाका व्यक्तिका बिचमा रिवार्ड प्रदान गरिनेछ। यस पटकको रिवार्डमा लोकदोहोरीतर्फ लोक गीत, शब्द, लय, गायक, गायिका, मोडल, अभिनय र नृत्य, आधुनिक पपतर्फ शब्द, संगीत, गायक, गायिका, मोडलका साथमा अन्य विधामा भिडियो निर्देशक, छाया“कार, दृश्य सम्पादक र एरेन्जरका साथै राष्ट्रिय गीतमा पनि अवार्ड प्रदान गरिने रिवार्डकी अध्यक्ष सामाना शाहले जानकारी गराइन्।