ललितपुर ।
राज्यस्तरबाट नै विशेष महत्व दिँदै आएको बुंगद्यः रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो देखाइएसँगै एक महिनासम्मको चलेको रथजात्रा आज आइतबार समापन हुने भएको छ ।गुठी संस्थान ललितपुरका अनुसार रातो मच्छिन्द्रनाथको हीरा, मोती मणिमाणिक्य जडित भोटो अपराह्न ५ बजेको आसपासमा देखाइने छ । यसपटक संस्थानका प्रमुख जितेन्द्र चित्रकारले रथको चारैकुनामा उभिएर तीनपटक देखाइनेछ ।
भोटो जात्राका लागि ज्योतिषीहरूले निकालेका साइतअनुसार रातो मच्छिन्द्रनाथको रथ गत बिहीबार लगनखेल, इतिटोलबाट तानेर जावलाखेल पु¥याइएको थियो । रथ जावलाखेल पु¥याइएको चार दिनपछि भोटो देखाउने परम्परा रहेको छ ।रातो मच्छिन्द्रनाथको रथयात्राका विषयमा पुरानो गोपालराज वंशावलीमा उल्लेख गरिए पनि भोटोजात्राको सुरुआतबारे त्यसमा कुनै उल्लेख गरिएको छैन । इतिहासकार प्रा.डा त्रिरत्न मानन्धरले भोेटो जात्रा राजा पृथ्वीनारायण शाह काठमाडौं उपत्यका जितिसकेपछि र जंगबहादुर राणा प्रधानमन्त्री हुनुभन्दा अघि शुरू भएको बताउनुभयो ।
‘राज्यस्तरबाट नै मनाइने चाडको त बिदा उल्लेख हुनुपथ्र्यो । त्यसैले रणबहादुरको समयमा पनि भोटोजात्रा मनाउने चलन थिएन । जंगबहादुरभन्दा अघि आयो तर कहिले आयो भन्ने फेला परेको छैन’ –उहाँले भन्नुभयो ।यससँग जोडिएको किंवदन्ती भने जनमानसमा चर्चाको विषय रहेको छ । किंवदन्तीअनुसार मल्लकालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेबापत एक किसानले उपहास्वरूप बहुमूल्य गहना र हीराजडित भोटो पाएको थियो । किंवदन्तीअनुसार किसानले पाएको त्यो भोटो खेतमा काम गर्दा हराएपछि किसानले व्यापक खोजी गर्न थाले । खोजी गरेर कहीँकतै नपाएपछि जावलाखेलमा रातो मच्छिन्द्रनाथको जात्रामा एकजना राक्षसले लगाएको देखेको बताइन्छ ।
ती किसानले यो भोटो मेरो हो भनेर माग्दा दुई जनाबीच व्यापक विवाद हुन पुग्दा दुवैले भोटो आफ्नो नै भएको प्रमाण पेस गर्न सकेनन् । सो विवाद राजासमक्ष पु¥याइएपछि रातो मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन जसले सप्रमाण भोटो ‘मेरो हो भन्छ, उसैलाई दिने सर्तमा नासोका रूपमा दिने सर्तमा यो भोटो कसको हो’ भनी देखाउने जात्रा शुरू गरेको थियो । कसैले सप्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिँदै आएको किंवदन्ती रहेको छ । प्रा.डा. मानन्धरका अनुसार यो कथा पुरानो वंशावलीमा उल्लेख गरिएको छैन ।
यसबारे थप अध्ययन गर्नुपर्ने उहाँको भनाइ रहेको छ । भोटो अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीगण संवैधानिक आयोगका पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू आज अपराह्न जावलाखेल पुग्ने कार्यक्रम रहेको छ । सोका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ । भोटो जात्राको अवलोकनपछि राष्ट्रपतिले जीवित देवी कुमारीको दर्शन गर्ने परम्परा रहेको छ ।भोटो जात्राका लागि गृह मन्त्रालयले शनिवार नै पत्राचार गरिसकेको छ ।
गृहले गरेको पत्राचारमा विशिष्ट व्यक्तिहरूलाई ४ः३० बजेभित्र र राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको हकमा ५ बजेभित्र जावलाखेल पुग्न भनिएको छ ।जात्रामा विशिष्ट व्यक्तिहरूको सुरक्षासहित एकीकृत सुरक्षा योजना तयार भइसकेको र ट्राफिक व्यवस्थापनदेखि अन्य आवश्यक व्यवस्थापनको तयारी पूरा भइसकेको पनि महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । भोटो देखाउने कार्यको समन्वय गुठी संस्थान र सरसफाइदेखि मञ्च सजावटलगायत कार्य ललितपुर महानगरपालिकाले गर्ने छ ।
भोटो जात्रासँगै परम्परागत बाजागाजा, गुरुजुको पल्टन र भक्तजनको लावालस्करका साथ रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ । मीननाथको रथ तानेर ललितपुरको टंगलमा पु¥याइनेछ । सो कार्यसँगै यस वर्ष एक महिनासम्म चलेको रातो मच्छिन्द्रनाथको रथयात्रा समापन ह्ुनेछ । गत वैशाख १ गते बुधबार रातो मच्छिन्द्रनाथलाई लगनखेलमा महास्नान गराएसँगै पुल्चोकमा रथ बनाउने कार्य शुरू गरिएको थियो भने वैशाख १५ गते सोमबार रातो मच्छिन्द्रनाको रथारोहण गरिएको थियो । वैशाख १८ गते बिहीबार रथयात्राको पहिलो दिन रथ तानेर गाबहाल पु¥याइएको थियो ।
दोस्रो दिन वैशाख १९ गते रथलाई गाबहालबाट मंगलबजार पु¥याइएको थियो । वैशाख २० गते शनिवार मंगलबजारबाट तानेर रथ सुन्धारा पु¥याएको थियो । वैशाख २२ गते सुन्धाराबाट चक्रबहील र वैशाख २३ गते त्यहाँबाट लगनखेल पु¥याइएको थियो भने वैशाख २५ गते बिहीबार लगनखेलबाट तानेर थटिटोलमा राखिएको थियो । वैशाख २७ गते शनिवार महिलाहरूले तानेर इतिटोलमा रथ पु¥याइएको छ ।काठमाडौं उपत्यकामा अनावृष्टि भए पनि गुरुजु वन्धुदत्त आचार्य सल्लाहअनुसार राजा नरेन्द्रदेवले भारतको कामरूपकामाक्षा (आसाम) बाट मच्छिन्द्रनाथ काठमाडौंमा ल्याइएको इतिहास रहेको छ । संस्कृतिको अध्ययन गर्दै आएका राजेश बज्राचार्यका अनुसार इस्वी सन् ६४४ देखि ६८० को बीचमा रथजात्राको परम्पराको थालनी भएको थियो ।
आज सार्वजनिक बिदा
यसैबीच गृह मन्त्रालयले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदाको घोषणा गरेको छ । ‘गत वर्ष राजपत्रमा प्रकाशित सूचनाअनुसार मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको सन्दर्भमा काठमाडौं उपत्यकाका तीन वटै जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराउँदछौं’ –गृह मन्त्रालयले शुक्रवार जारी गरेको सूचनामा भनिएको छ ।











प्रतिक्रिया