पत्रकार आनन्द श्रेष्ठलाई रविन्द्र गौतम स्मृति पुरस्कार

752
Shares

दोलखा ।

स्वर्गीय पत्रकार रविन्द्र गौतमको चौथो स्मृति दिवसको अवसरमा नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार आनन्द श्रेष्ठलाई नगद १० हजार सहित रविन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कार– २०८२ प्रदान गरिएको छ । रविन्द्र गौतम समृति प्रतिष्ठानले शुक्रवार स्मृति शभाको आयोजना गर्दै पत्रकार श्रेष्ठलाई पुरस्कृत गरेको हो ।

स्मृति शभाको अवसरमा प्रतिष्ठानले कालिञ्चोक माध्यामिक विद्यालयमा कक्षा ११ मा अध्यनरत गंगा गौतमलाई १० हजार रुपैयाको छात्रवृत्ति समेत प्रदान गरेको छ ।रविन्द्र गौतम समृति प्रतिष्ठानका अध्यक्ष कृष्णबहादुर गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धर, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव रमेश खतिवडा, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल, प्रतिष्ठानका संरक्षक भवानी खड्का गौतम र पत्रकार दिल बहादुर केसीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

स्मृति दिवसकै अवसरमा शुक्रवार विहान प्रतिष्ठानले रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो ।