मधुसूदन र माण्डवीले ल्याए तारा मागे दिउँला


गायक गायिका मधुसूदन ओली र माण्डवी त्रिपाठीको स्वरमा लोकाधुनिक गीत तारा मागे तारा दिउला, जून मागे जून सार्वजनिक गरिएको छ।

विपिन आचार्यको शब्द रचना, संगीत र एरेन्जमेन्ट रहेको गीत गायक वलीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतको भिडियोमा गायक ओलीका साथमा मोडल उषा उप्रेती र गोविन्दकुमार ओलीले अभिनय गरेका छन्।

गीतको भिडियो संगीतकार विपिन आचार्यले निर्देशन गरेका छन् भने छायांकन विजय रुम्बाको रहेको छ।