अवार्ड चुम्दै तेल भिषा

ऋचा अमेरिकी कम्पनीको ब्रान्ड एम्बेसडर


गत मंसिर ७ गते रिलिजमा आएको फिल्म तेल भिषाले अन्तर्राष्ट्रिय जगतमा चर्चा र सफलता कमाइरहेको छ।
शंकर घिमिरेद्वारा निर्देशित सो फिल्मले पछिल्ला तीन महिनामा विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सव तथा अवार्डमा प्रमुख अवार्डदेखि विभिन्न अवार्ड चुमिरहेको छ। केही समयअघि राजधानीमा आयोजित नेपाल अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सो फिल्मबाट निर्देशक शंकर घिमिरे उत्कृष्ट निर्देशकको अवार्ड जित्न सफल भएका छन् भने सोही फिल्मबाट विपिन कार्कीले उत्कृष्ट अभिनेता र अभिनेत्री ऋचा घिमिरेले उत्कृष्ट सह–अभिनेत्रीको अवार्ड प्राप्त गरे ।

त्यस्तै सिनेमाटिक युरोपियन फिल्म फेस्टिवलमा ऋचाले उत्कृष्ट अभिनेत्री र अन्जय खड्काले सम्पादकको अवार्ड पाए भने खड्काले बर्लिन फिल्म अवाड्र्समा पनि उत्कृष्ट सम्पादकको अवार्ड प्राप्त गरेका थिए। त्यसैगरी ८८४८ हिमालयन म्युजिक एन्ड फिल्म अवाड्र्समा शंकरले उत्कृष्ट निर्देशक, ऋचाले उत्कृष्ट सह–अभिनेत्री र अजय खड्काले उत्कृष्ट सम्पादनको अवार्ड जितेका थिए। ‘नेपाली कथावस्तु र प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन पाएकोमा हामी गौरवान्वित छौै“ र यो यात्रा अझ रोचक हुनेछ’ फिल्मले पाएको सफलताबारे निर्देशक घिमिरेले अमेरिकाबाट नेपाल समाचारपत्रसग कुरा गर्दै भने।

तेल भिषा हालै रोम प्रिज्मा फिल्म फेस्टिभल र नियाग्रा क्यानाडा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत छनोटमा परेको छ। अमेरिका र नेपालमा छायांकन गरिएको सो फिल्म अमेरिकामा रहेका नेपालीले पाउने दुःखको कथामा आधारित छ। फिल्ममा विपिन र ऋचाको अलावा वर्षा राउत, पूजा आर लामा, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारले अभिनय गरेका थिए।
यसैबीच अभिनेत्री ऋचा घिमिरे अमेरिकन एडटेक कम्पनी कोड मन्त्रको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छन्।

प्रविधिको दुनिया“मा बालबालिकालाई तयारी गराउने कम्पनीको लक्ष्यस“ग ऋचाको दृष्टि मेल खाने भएकाले उनलाई ब्रान्ड एम्बेसडर बनाइएको कम्पनीले जनाएको छ। नेपालमा धेरै कलाकारले विभिन्न ब्रान्ड प्रवद्र्धन गर्दै आए पनि ऋचाले अमेरिकामा बसेर अन्तर्राष्ट्रिय कम्पनीस“ग औपचारिक सम्झौता गरेर इतिहास रचेकी छन् । ‘यो केवल एउटा ब्रान्ड साझेदारी होइन’ ऋचाको भनाइ छ ‘हामी अब एक ग्लोबल भिलेजमा बा“चिरहेका छौ“। यस प्रकारका सहकार्यले विश्वभरका कलाकारका लागि नया“ अवसरको ढोका खोल्नेछ।’