बजेटमा फिल्म क्षेत्र हेरेको हेर्‍यै

आर्थिक वर्ष २०८२-०८३ को बजेट

3.29k
Shares

सरकारले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷०८३ को बजेटले नेपाली फिल्म र कला क्षेत्रलाई हेरेको हेर्‍यै बनाएको छ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा बिहीबार संसद्को संयुक्त सदनमा विभिन्न शीर्षकमा कुल १८ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गर्दा फिल्म क्षेत्रलाई भने औपचारिकताका लागि मात्र सम्बोधन गरिएको छ। यस वर्षको बजेटमा फिल्म छायांकनका लागि इनडोर र आउटडोर स्टुडियो निर्मँणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने भनिएको छ। ‘नेपाली मौलिक कला, संस्कृतिको प्रवद्र्धन र स्वदेशी विदेशी फिल्मको छायांकनलाई सहज बनाउन इन्डोर तथा आउटडोर स्टुडियो निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ’ बजेट भाषणका क्रममा मन्त्री पौडेलले फिल्म क्षेत्रलाई पर्यटनसँग जोड्दै भने ‘पर्या–पर्यटन, पर्वतीय तथा साहसिक पर्यटन, धार्मिक र सांस्कृतिक पर्यटनका प्रमुख गन्तव्य स्थलमा पर्यटक लक्षित सेवा विस्तार गरिनेछ।

प्राकृतिक, सांस्कृतिक, साहसिक, फिल्म, आरोग्य र खेलमा आधारित पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिनेछ।’बजेटमा कला र फिल्म क्षेत्रलाई खासै सम्बोधन नगरिएको बारे कलाकर्मीले मिश्रित प्रतिक्रिया व्यक्त गरेका छन्। नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बजेटले नेपाली कला क्षेत्रलाई उत्साह प्रदान गरेको बताए। ‘बजेटमा इनडोर र आउटडोर छायांकन स्टुडियो निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सहयोग गर्ने भनिएको छ भने फिल्म र पर्यटनलाई सगै अघि बढाउने भनिएको छ। सबै कुरा त हेरेको छैन तर सरसर्ती हेर्दा उत्साहजनक नै छ’ निरौलाको भनाइ थियो। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष निशा पोखरेलले अर्थमन्त्री विष्णु पोखरेललाई मन्त्रालयमा भेटेर आफूहरूले संगीत नाट्य तथा प्रज्ञा प्रतिष्ठानको लागि हल निर्मँणको माग गरे पनि सोअनुसारको बजेट नआउदा गुनासो गरिन्।

‘मैले बजेट हेरेको त छैन, तर हामीले हलका लागि बजेटमा २ करोड जति राखिदिनुस् बा“की काठमाडौं महानगरपालिकाले सहयोग गर्छ भनेका थियौ“। मेयर साबले प्रमिस पनि गर्नुभएको थियो। हाम्रो तत्कालीन जरुरी यही थियो। अर्थमन्त्रीज्यूले नै विषयमा राखेर पठाउनुस् भन्नु भएको थियो। यदि राख्नु भएको छैन भने केही भन्नु छैन’ उनी भन्छिन् ‘सरकारलाई कला संस्कृति बाच्यो भने मात्रै देश बाच्छ भन्ने हेक्का छैन भने मैले बोलेर मात्र केही हुदैन।’

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामीले संघले शुरू गरेको सिनेमा–पर्यटन अभियानलाई यस पटकदेखि सरकारले समेटेको बताए। ‘सिनेमा–पर्यटन प्रवद्र्धनका लागि पर्यटन र सञ्चार मन्त्रालयमार्फत कार्यक्रम सञ्चालन गर्ने सरकारले बताएको छ। यसमा चलचित्र पत्रकार संघ नेपालको केही न केही हात छ’ बलामीको भनाइ छ ‘कार्यान्वयन होला नहोला तर बजेटमा समावेश भएरै आएको यो पहिलो पटक हो। यो अभियानको शुरूवात नै हाम्रो संघबाट भएको हो। संघले गत जेठ ६ देखि ९ गतेसम्म इलामको श्रीअन्तुमा फिल्म र पर्यटनलाई जोडेर कार्यक्रम गरेको थियो।

वर्षौदेखि फिल्म क्षेत्रलाई उद्योगको रूपमा विकास गर्दै बजेटमा प्राथमिकतामा राख्नुपर्ने आवाज उठाइरहेका अधिकांश फिल्मकर्मीले यस वर्षको बजेटले उत्साह थप्न नसकेको प्रतिक्रिया दिएका छन्। फिल्म क्षेत्रलाई सामान्य सम्बोधन गरेर औपचारिकता पूरा गरेको बजेटमा उस्तै प्रकृतिको खेलकुद क्षेत्रका लागि भने अहिलेसम्मकै सबैभन्दा धेरै बजेट ६ अर्ब ८ करोड विनियोजन गरेको छ।