एमालेको परम्परागत भेषभूषा, सांस्कृतिक झाँकी र्‍याली सुरु


काठमाडौं ।

काठमाडौंका विभिन्न ठाउँबाट एमालेको परम्परागत भेषभूषा, सांस्कृतिक झाँकीर्‍याली सुरू भएको छ । बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकु र त्रिपुरेश्वरमा जम्मा भएर उनीहरू परम्परागत भेषभूषा, सांस्कृतिक झाँकी र्‍यालीसहित भृकुटीमण्डपतर्फ अगाडि बढेका छन् ।

प्रर्दशनमा गणतन्त्र जिन्दावाद, गणतन्त्रको रक्षा गरौँ, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दवादजस्ता नारा लगाएका छन् । भृकुटीमण्डपबाट र्‍याली रत्नपार्क पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम रहेको छ ।