चलचित्र विकास बोर्डको आयोजनामा इलाममा बाल चलचित्र महोत्सव इलाम सम्पन्न भएको छ।
इलाम नगरपालिकाको सहकार्य तथा कोशी प्रदेश र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा विविध कार्यक्रमसहित महोत्सव भव्य रूपमा सम्पन्न भएको हो। महोत्सवअन्तर्गत बाल फिल्म निर्माण प्रशिक्षण कार्यशालामार्फत ३७ जना विद्यार्थीलाई फिल्म लेखन, निर्देशन र अभिनयको व्यावहारिक प्रशिक्षण दिइएको थियो। त्यसपश्चात् कलाकार तथा निर्देशक बद्री अधिकारीको निर्देशनमा उनीहरूको लेखन र अभिनयमा तयार लघु फिल्म हजार सपनाहरूको प्रदर्शन गरिएको थियो। त्यसै गरी सिनेमा साक्षरता अभियानअन्तर्गत इलाम बजार र श्रीअन्तु विद्यालयका सडकछेउमा घुम्ती सिनेमा प्रदर्शन गरियो। जसमा सर्वसाधारणदेखि विद्यार्थी र अभिभावकले फिल्म हेर्ने नयाँ अनुभव पाए। निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्सको सहभागितामा इलाम बजारमा इलामकी फुटबलर एन्जिला तुम्बापोको जीवनीमा आधारित फिल्म एन्जिलाको प्रदर्शन पनि गरिएको थियो।
महोत्सवको बाल फिल्म प्रदर्शनीअन्तर्गत शिलावाला, घुर्रा, द स्कुल वाल र पाउलो नामका फिल्म प्रदर्शन गरिएको थियो भने सेलिब्रेटीस“ग बालबालिकाअन्तर्गत फिल्मकर्मीहरू वसुन्धरा भुसाल, गौरी मल्ल, मोहन निरौला, सन्तोष लोहनी, मिलन चाम्स, प्रेम कुमार श्रेष्ठ, श्रीदेव भट्टराई, बालकृष्ण निरौला, दिनेश डिसी, जनकदिप पराजुली, पुनम क्षेत्रीलगायतले बालबालिकास“ग खुला संवाद गरेका थिए।
फिल्म, शिक्षा र पर्यटनको त्रिकोणात्मक समन्वयमा केन्द्रित महोत्सवले इलामलाई फिल्म निर्माण र प्रदर्शनको सम्भावनायुक्त केन्द्रका रूपमा स्थापित गर्ने दिशामा महत्वपूर्ण भूमिका खेलेको बोर्डले जनाएको छ। इलाम नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा इलाम नगरपालिकाका मेयर केदार थापाले इलामको सांस्कृतिक र प्राकृतिक सुन्दरतालाई फिल्ममार्फत देशविदेशमा चिनाउन यस्ता महोत्सव प्रभावकारी हुने विश्वास व्यक्त गरे। बोर्डका अध्यक्ष दिनेश डिसीले फिल्मले सिर्जना मात्रै नभई शिक्षा र पर्यटनलाई पनि समेट्न सक्छ भन्ने उदाहरण इलामको महोत्सवले प्रस्तुत गरेको चर्चा गरे।











प्रतिक्रिया